काठमाडौँ – अभिनेता भुवन केसी फिल्म ‘जेरी अन टप’ मा देखिने भएका छन्। उनी तीन वर्षपछि अभिनयमा फर्किन लागेका हुन्।
भुवन पछिल्लो पटक सन् २०२१ मा रिलिज भएको ‘डाँडाको वरपीपल’ मा देखिएका थिए। त्यसपछि उनी २ वर्ष चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा रहे।
भुवनकै छोरा अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मको सोमबारबाट शुभ मुहूर्त गरिएको छ । फिल्मको ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभ मुहूर्त गरिएको हो ।
फिल्मको प्रमुख कलाकारमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे, निर्मल शर्मा रहेका छन् ।
यस फिल्ममा भुवन अनमोलको बुवाकै भूमिकामा देखिँदैछन् छन् भने विपना थापा आमाको भूमिका निर्वाह गर्दै छिन्। सन् २००६ मा रिलिज भएको ‘मानिस’ पछि भुवन र विपना एकसाथ सहकार्य गर्न लागेका हुन्।
सुयोग गुरुङको निर्देशनमा बन्ने यो फिल्म काठमाडौँसहित लुक्ला र भारतको लद्दाखमा हुने फिल्मको छायांकन सेड्युल ५० दिनको रहेको छ।
अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज न्यौपाने हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया