हामी धेरैजसोको बानी हुन्छ औँला पड्काउने । कतिपयले त दिनमा ४–५ पटक नै पड्काउनुहुन्छ । औँला पड्काउने लत नै बसेको हुन्छ भन्दा फरक नपर्ला ।
औँला पड्काएर हुने स्वास्थयलाभ त केही छैन मात्रै हामीले आफ्नो बानी पुरा गर्ने हो । हातको औँला मात्रै नभएर गर्दन, ढाँडहरूको हड्डीको जोर्नीहरू पट्काउने गर्छन् ।
यसो गर्दा आराम भएको महसुस त हुन्छ तर चिकित्सकहरूका अनुसार यसले स्वास्थ्यमा भने गम्भीर समस्या आउन सक्छ । हड्डीको जोर्नीमा जुन तरल पदार्थ हुन्छ, त्यसमा रहेको फोका फुट्नाले यस्तो आवाज निस्कने गर्छ ।
औँला वा घाँटी पड्काउने बानी राम्रो होइन, यसले जोर्नीमा असर पुर्याउन सक्छ । बारम्बार औँला पड्काउँदा जोर्नीका कोशिकाहरू बिग्रन थाल्छन् ।
जसकारण हातको जोर्नीको पकड कमजोर हुन्छ । बारम्बार औँला पड्काउँदा केही समयपछि जोर्नी सुन्निने र दुख्ने हुन सक्छ । लामो समय पड्काउँदा हड्डी कमजोर हुन सक्छ । औँला पड्काउँदा तत्काल दुखाइ हुँदैन, तर बिस्तारै औँलाको जोर्नीमा दुखाइ हुन थाल्छ ।
अब कुरा गरौँ औँला पड्काउने बानीका बेफाइदाहरुको विषयमा ।
–लगातार औँला पट्काउने बानीले गठिया अर्थात बाथ रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् । गोली गाँठो वा हड्डीको आँख्लामा एक प्रकारको रसायन जेल हुन्छ । यदि हामीले निरन्तर औँला वा हड्डीको आँख्ला पट्काउने हो भने त्यो रसायनमा कमी आउँछ र यसरी बाथ रोग लाग्ने समस्या आउँछ ।
–यस्तो बानी छुटाउने सरल उपाय भनेको हातलाई व्यस्त राख्ने । पट्काउन मन लागेमा तुरुन्त शारीरिक व्यायाम गर्नुहोला । पढिरहेको समयमा पट्काउन मन लागेमा तपाईँका औँलालाई अरू नै केही काममा व्यस्त राख्नुहोस् । हप्तामा १० दिन सम्म यस्तो गर्नुभयो भने औँला पट्काउने तपाईँको बानी हट्छ ।
– औँला पड्काउने बानी छ भने त्यो बानीलाई छोड्नुपर्छ । औँला वा गर्दनमा दुखाइ छ वा कडा भने त्यसलाई पड्काउनु भन्दा दुखाइको कारण पत्ता लगाउन चिकित्सकको सल्लाह लिनुपर्छ । फिजियोथेरापी गर्नुपर्छ ।
–धेरै जोडले औँला पड्काउँदा कहिलेकाहीँ औँला भाँच्चिने जोखिम पनि हुन्छ । यस्तो भएमा हाड जोर्नी विशेषज्ञको सल्लाह लिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया