प्याजको प्रयोग हाम्रो भान्सामा हरेक दिन भइरहेको हुन्छ । यसले तरकारी र अचारमा स्वाद बढाउने काम गर्छ ।
योसँगै भान्सामा प्रयोग हुने प्याजले हाम्रो शरीरलाई रोगसँग लड्ने क्षमताको विकास गरिरहेको हुन्छ । आज हामी कुरा गर्दै छौ प्याजका औषधीय गुणहरूको विषयमा ।
– रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईवटा सामान्य आकारको प्याज दिनमा दुईतीन पटक काँचै खाँदा रुघाखोकी तुरुन्तै ठिक हुन्छ । ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरू विभिन्न अनुसन्धानहरूले समेत पुष्टि गरिसकेको छ ।
–प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
–यसमा भिटामिन सी, फलाम जस्ता बहुमूल्य खनिज पदार्थ तथा पोषक तत्त्व पाइन्छ ।
–प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
–गर्मी मौसममा काँचो प्याज खाँदा लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
–काँचो प्याजको रसले पैतालामा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
–पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।
– प्याजमा भएका रेसाहरू पेटको रोगका लागि लाभदायक मानिन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनप्रक्रियाले पनि सुचारु रूपमा काम गर्दछ । प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया