काठमाडौँ – नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।
पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक खेलाडी गुमाएपछि नेपाललाई ठुलो झट्का लागेको छ । रेखाले रातो कार्ड पाएर मैदान छोडेपछि दर्शकले मैदानमा बोतल फाले .पछि खेल अवरुद्ध समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया