मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिषेक बच्चनसँग प्रेम चर्चाबारे निम्रतले खोलिन मुख

काठमाडौँ – अभिनेता अभिषेक बच्चनसँगको प्रेम सम्बन्धबारे निम्रत कौरले पहिलो पटक मुख खोलेकी छिन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियालाई प्रतिक्रिया दिदै उनले यो विषयमा प्रस्ट पारेकी हुन । 

उनले भनेकी छिन् ‘म जे पनि गर्न सक्थे। तर पनि मान्छेहरू त्यही भन्छन् जुन उनीहरू चाहन्छन्। यस्तो गपशपलाई रोक्न सम्भव छैन। म आफ्नो काममा ध्यान केन्द्रित गर्न रुचाउँछु।’

यस विषयमा अभिषेकले भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

पछिल्लो समय बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेदको खबर चर्चामा छ। यसैबीच अभिषेक बच्चन अभिनेत्री निम्रत कौरको प्रेममा रहेको चर्चा चुलिँदै आएको थियो । 

कामको कुरा गर्दा  निम्रतले ‘एयरलिफ्ट’,‘पेडलर्स’ र  ‘द लन्चबक्स’ जस्ता फिल्ममा अभिनय गरेकी छन्। 

अब उनी हलिउड फिल्म ‘वान नाइट विथ द किङ‚ मा देखिनेछिन्। अभिषेक बच्चन र निम्रत कौरले सन् २०२२ मा रिलिज भएको फिल्म ‘दसवीं मा एकसाथ काम गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?