जोर्नीको दुखाई खासगरि आर्थाइटिसको कुनै उपचार छैन । तर, केही उपाय छन् जसलाई अपनाएर यसको चपेटामा आउनबाट बच्न सकिन्छ वा यसको चपेटामा आइहाले पनि यसको असरलाई कम गर्न सकिन्छ ।
आर्थाइटिसको कारण जोर्नीमा हुने कार्टिलेजको नोक्सान हुन्छ । यो ७० प्रतिशत पानीबाट बनेको हुन्छ, त्यसैले धेरै पानी पिएर यसलाई नोक्सान हुनबाट बँचाउन सकिन्छ ।
क्याल्सियमयुक्त खानेकुरा
क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, सालमन माछा, पालुङ्गो, राजमा, बदाम, तोफु आदिको सेवन गर्नुहोस् ।
भिटामिन सी र डी स्वस्थ जोर्नीको लागि उपयोगी हुन्छ । यसैले यसबाट भरपुर खाद्यपदार्थ जस्तै स्ट्रबेरी, सुन्तला, किवी, भुँईकटहर, काउली, ब्रोकाउली, बन्दा, दूध, दही माछा आदिको पर्याप्त सेवन गर्नुहोस् ।
घाम ताप्नुपर्छ
दिनमा केही समय घाम ताप्नुहोस् । यसले शरीरलाई भिटामिन डी मिल्छ । आफ्नो तौललाई नियन्त्रणमा राख्नुहोस् । तौल धेरै हुनाले जोर्नीमा दबाब पर्छ ।
नियमित व्यायाम
नियमित एक्सरसाइज गर्नुहोस् जसले जोर्नी अरठ्ठ हुने समस्या कम गर्न सहायता गर्छ । तर, हेभी व्यायाम गर्नबाट बच्नुहोस् जसले जोर्नीमा धेरै दबाब पर्छ ।
रक्सी र चुरोट त्याग
मदिरा र धूम्रपानको सेवनले जोर्नीलाई नोक्सान पुग्छ । आर्थाइटिसबाट पिडित मानिसले यदि धूम्रपान र मदिरापान नगर्ने हो भने उनीहरूको जोर्नी र मांसपेशी मजबुत हुन्छ र दुखाइमा पनि कमी हुन्छ ।
फलफूल र घरेलु औषधी
फलफूल र सब्जीहरूको सेवन धेरै मात्रामा गर्नुहोस् । यसले ओस्टियो आर्थाइटिसबाट बच्न सकिन्छ । त्यस्तै जाडो महिनामा अदुवा र बेसारको सेवन गर्नुहोस् । यसले जोर्नी सुन्निने समस्यालाई कम गर्छ ।
सुन्निन बढाउने पदार्थहरू जस्तै नुन, चिनी, मदिरा, क्याफिन, तेल, ट्रान्स फ्याट र रातो मासुको सेवन कम गर्नुहोस् ।
सक्रिय शरीर
आरामदायी जिन्दगी नजिउनुहोस् । पैदल हिँड्ने, जगिङ गर्ने, डान्स गर्ने, जिम जाने, सिँढी चढ्ने वा हल्काफुल्का व्यायाम गरेर पनि हड्डीलाई मजबुत बनाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया