मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौँ – साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले यस सिजनको आठौँ जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

अल हिलालले अल टाओउनलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक र सेर्गेज मिलिनकोभिकले एक एक गोल गरेका थिए ।

यो जितपछि अल हिलालको ८ खेलमा २४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल इतिहाद भन्दा ३ अंकले र तेस्रो स्थानमा रहेको अल नासर भन्दा ६ अंकले अगाडी रहेको छ ।

त्यसैगरी अल टाओउनको भने ८ खेलमा ११ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?