मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपालको सामना भारतसँग

काठमाडौँ – काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन् ।

आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रङ्गशालामा हुने तालिका रहेको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।  

समूह ए बाट बङ्गलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।

बङ्गलादेश समूह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बङ्गलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो । 

त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । त्यस्तै समूह ए बाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो ।

त्यस्तै समूह बी मा भने नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । 

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा मालदिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्‍यो भने कुनै गोल खाएको छैन ।

त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा मालदिभ्सलाई १३-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?