काठमाडौँ– रूसी कवि, उपन्यासकार, नाटककार, र लघुकथाकारका रुपमा चिनिने अलेक्जेन्डर पुश्किनलाई आधुनिक रूसी साहित्यका संस्थापक र महाकवि मानिन्छ ।
सन् १७९९ मा रुसको मस्कोमा जन्मिएका पुश्किनलाई रूसका बायरन र रसियाका शेक्सपियरका रुपमा लिइन्छ । रुसी साहित्यलाई आधुनिकताको धारमा डोराउँदै उनले आफैंले पनि रोमान्टिक जीवन व्यतित गरे ।
विश्व प्रसिद्ध साहित्यकार एवं नाटककार विलियम शेक्सपियरसँगको पुश्किनको सम्बन्ध भने रूसी साहित्यका अक्षरहरूबाट नै भयो । उनको लेखन सिर्जना मानवीय सभ्यता र जीवनका प्रत्येक रङ्ग एवम् तहहरुमा फिँजारिएका छन् ।
जसमा व्यक्तिगत अनुभव, विचार, नैतिकता र दर्शनहरु इंगित भएका छन् । साहित्यिक सिर्जनामार्फत नै रूसी भाषाको कोडिफिकेशनमा उनको अतुलनीय योगदानमा रहेको छ । पुश्किनले लेखनबाट नै रूसी भाषालाई आधुनिक साहित्यिक भाषाको रूपमा स्थापित गरे ।
साहित्यमा उनले अरुले खोजी नगरिएका र लुकेर बसेका साहित्यिक रूपरेखाहरू विकास गर्दै साहित्यमा अभूतपूर्व संख्यामा नयाँ शब्द थप्ने काम गरे ।
मस्कोमा एक कुलीन परिवारमा पुश्किनको जन्म भएको थियो । उनका सबैभन्दा प्रसिद्ध पुर्खा अब्राम पेट्रोभिच गनिबल उनका मामाघरपट्टीका हजुरबुवा थिए । अफ्रिकी दास जसलाई पिटर द ग्रेटले आफ्नो घरपरिवारको हिस्साको रुपमा राखेका थिए ।
पछि पुश्किनले अधूरो ऐतिहासिक उपन्यास ‘पिटर द ग्रेटको नेग्रो’मा आफ्नो जीवनको संस्करणमा प्रस्तुत गरे । पन्ध्र वर्षको उमेरमा नै आफ्नो साहित्य सिर्जनाहरु प्रकाशित गर्न थालेका उनका कविताहरुले १८१७ देखि नै पीटर्सबर्गको प्रमुख साहित्यिक सर्कलहरूमा ध्यान तानेको थियो ।
विदेश मामिलाको कलेजियममार्फत पुश्किनले सरकारी सेवामा प्रवेश गरे । तर उनको सिर्जनात्मक यात्राका र सामाजिक जीवका कारण सरकारी सेवामा लाग्न भने उनीसँग त्यति समय थिएन ।
आफ्नो स्कूले जीवनमा नै उनी पीटर्सबर्गको बौद्धिक वर्गको अधिक उदार र स्वतन्त्र विचारधाराहरुमा आकर्षित भएका थिए । त्यही क्रममा उनी ग्रिन ल्यान्टर्नमा संलग्न भएका थिए । जुन साहित्यिक सर्कल कट्टरपन्थी गोप्य समूह थियो ।
ती सर्कलहरूमा नै उनले आफ्नो विचार अभिव्यक्तिको आधार फेला पारे । उनका कविताहरुमा क्रान्तिकारी र स्वतन्त्रताको भावहरु समेटिएका हुन्थे । विचार अभिव्यक्तिका कारण नै उनको महाकाव्य ‘रुस्लान’ र ल्युदमिला’को प्रकाशन अघि नै १८२०मा राजधानीबाट स्थानान्तरण गरिएको थियो ।
१८२० र १८२४को बीचमा पुश्किनले रूसी साम्राज्यको दक्षिणी भेगमा काकेशस, क्रिमिया, चिसिनाउ र ओडेसामा बिताए । यस अवधि नै उनी बायरनबाट निकै प्रभावित भए । उनका दुई प्रसिद्ध कथा कविताहरू ‘द क्याप्टिभ अफ काकेसस(१८२१) र द फाउन्टेन अफ बख्चिसारे (१८२४) मा उनको ग्रीक स्वतन्त्रताको समर्थन र रोमान्टिक आदर्शवादमा अभिव्यक्ति देखिएको थियो । उनले ती दुवै कृतिहरु सँगसँगै लेखेका थिए ।
ती कृतिमा प्रेम कविताहरु र रूसी भाषाको सबैभन्दा प्रसिद्ध गीतहरू समेत समावेश छन् । उनले १८२३ मा उनको प्रख्यात उपन्यास ‘इनपद इभजेनी वनगिन’ लेख्न थाले । जसको पहिलो अध्यायमा पीटर्सबर्ग समाज र आधुनिक जीवनचर्या चित्रण गरेका छन् ।
सिर्जनामा मानवता र स्वतन्त्रताको वकालत गर्ने उनी १८२० निर्वासित भएका थिए । १८२३ सम्म रहेको निर्वासन जीवनमा अझै उनी विचारमा परिपक्क भए । यसपछि उनले आफ्नो ‘इनपद इभजेनी वनगिन’ लेखे । जुन सात वर्षको प्रयासमा १८३३ मा प्रकाशित भएको थियो ।
पुश्किनले अन्ना केर्नालाई समर्पित गर्दै प्रेम कवितहरु लेखेका छन् । उनका सबैभन्दा प्रसिद्ध प्रेम कविताहरु केर्नालाई समर्पित छन् । जसलाई उनले भावनात्मक रूपमा खुब माया गर्थे ।
१८३१ मा पुश्किनको नतालिया गोन्चारोभासँगको विवाह भयो । विवाहपछि उनको वैवाहिकसँगै सिर्जनशील जीवन समेत सुखद रहेन ।
१८३७ को जनवरीमा पुश्किन र उनकी पत्नी एक पार्टीमा सहभागी भएका थिए । पार्टीमा एकजना फ्रान्सेली सैन्य अधिकारी जर्ज डी–एन्थेस–हेकरे पनि सहभागी थिए । सोही पार्टीमा ती अधिकारी नतालियाबीचको सम्बन्धबारे उनले पत्ता लगाए । यही कारण ती अधिकारी र पुश्किनबीच भिडन्त भएको थियो । दुवैबीच गोली हानाहान हुँदा पुश्किनलाई गोली प्रहार भएको थियो ।
गम्भीर घाइते भएका पुश्किनको दुई दिनपछि मृत्यु भएको थियो । जतिबेला उनको उमेर ३७ वर्षको थियो । उनको मृत्युपछि उनलाई उनको आमाको चिहान नजिकै समाधिस्त गरिएको थियो । रूसी जनताले उनको मृत्युमा ठूलो शोक व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया