काठमाडौँ – नेपाली यू-१७ फुटबल टिमले एएफसी यू- १७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
कतारको दोहामा शुक्रवार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५-० ले पराजित भएको हो । यसअघि बुधवार नेपाल जापानसँग ९-२ अन्तरले पराजित भएको थियो ।
समूह एफमा जापान र कतारको २-२ खेलपछि समान ६ अंक भएको छ भने अंकविहिन रहेका नेपाल र मंगोलियाको छनौटको सम्भावना समाप्त भएको छ ।
अब नेपालले अर्को खेल मंगोलियासँग सोमबार खेल्ने तालिका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया