मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी गर्ने चश्माको स्याहार ?

दृष्टिदोष भएका मानिसका लागि महत्त्वपूर्ण साधन हो चश्मा ।  आँखा कमजोर भएपछि चश्मा लगाउनुपर्छ । चश्मा लगाउनेहरूले केही कुरामा विशेष ख्याल गर्नुपर्छ । 

किनभने राम्रो हेरचाह गरेमा चश्माको कार्यकाल बढाउन सकिन्छ । प्रस्तुत छ, चश्माको हेरचाह गर्ने केही उपाय:

१.चश्मा एउटा हातले एकातिरबाट मात्र फुकाल्नु हुँदैन । साथै चश्मा लगाउँदा पनि सधैँ दुवै हातले सन्तुलित बलको प्रयोग गरी दुवै कानमा एकैसाथ लगाउने बानी बसाल्नुपर्छ ।  

२.स्टाइल पार्न पावरको चश्मा निधारमाथि वा केशमा नराखौं । यसले फ्रेम खुकुलो बनाउँछ र साबिकझैँ लगाउँदा खस्ने डर हुन्छ । यसले  टाउकोको तेल वा जेलले चश्मा चिपचिप हुने र त्यसको रसायनले बाहिरी कोटिङ खुइलिन्छ । 

३.चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ । 

४.लामो समयसम्म चश्मा खोल्नु परेमा चश्माको खोल वा बट्टामा राख्ने गरौं । 

५‍‍.चश्मा सफा गर्दा चश्मा पुछ्न प्रयोग गरिने माइक्रोफाइबर रुमाल प्रयोग गरौं नत्र अन्य खस्रा कपडाले पुछ्दा राम्रो सफा नहुने, वा चश्मा कोरिने हुनसक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?