मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी ड्राइ फ्रुटलाई भिजाएर खाँदा हुन्छ अझ धेरै फाइदा

काठमाडौँ– प्राय: जसो ड्राई फ्रुटहरु हामी उसै सेवन गर्छौँ । र कतिपय भने रातमा भिजाएर बिहान सेवन गर्ने गर्छौ । तर हामीलाई कुन ड्राइ फ्रुट भिजाएर खाँदा राम्रो र कुन उसै खाँदा स्वस्थवद्र्वक हुन्छ भन्ने विषयमा ज्ञान छैन । ड्राइ फ्रुट पोषक तत्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ ।

यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ जस्ता थुप्रै माइक्रोन्युट्रियन्ट्स हुन्छन् जसले शरीरलाई ऊर्जा दिन्छ र सधैँ स्फूर्त रहन सहयोग गर्छ ।

तपाईंले बिहान ड्राई फ्रुट खानुभयो भने दिनभरि ऊर्जावान् रहनुहुनेछ । तर ड्राइ फ्रुटलाई भिजाएर खाने कि सिधै खाने भन्ने धेरैको प्रश्न रहन्छ । त्यसैले आज हामी तपाईंलाई भिजाएको ड्राइ फ्रुट फाइदाजनक हो कि सुख्खा भन्ने बारे जानकारी दिँदैछौँ  ।

ड्राई फ्रुटलाई पानीमा भिजाउँदा यसमा भएको फायटिक एसिडको तत्व कम हुन्छ । फायटिक एसिड पेटका लागि निकै हानिकारक छ । ड्राई फ्रुट्समा ओमेगा ग्री फ्याटी एसिडका साथै एसेन्सियल नेचुरल तत्व जस्तै आइरन, प्रोटिन, क्याल्सियम र जिंक पाइन्छ ।

यी तत्वलाई शरीरले त्यतिबेला अवशोषण गर्छ जब यो भिजेको अवस्थामा हुन्छ । अर्थात्, यदि बदाम भिजाइन्छ भने यसमा भएका पोषक तत्व बढी प्राप्त गर्न सकिन्छ । यस्तै, भिजाएको बदाममा फायटिक एसिड हुँदैन । यो फायटिक एसिड अपचको कारण बन्न सक्छ ।

त्यसैले भिजाएको बदामले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसका साथै भिजाएको बदाममा टेनिन पनि हुँदैन । यसले गर्दा बदामको स्वाद पनि बढ्छ । यसकारण यी ड्राइ फ्रुटलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ ।

ओखर

ओखरलाई पनि भिजाएर खानुपर्छ । ओखरमा विभिन्न खालका फ्याटी एसिड, प्रोटिन र विभिन्न खालका मिनरल्स् पाइन्छन् । तौल घटाउनका लागि ओखरको सेवन निकै फाइदाजनक हुन्छ । यसलाई दूध पा सफा पानीमा भिजाएर खानुपर्छ ।

किसमिस

किसमिस नरम हुन्छ तरपनि यसलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ । किसमिसको प्रभाव तातो हुन्छ त्यसैले यसलाई भिजाएर खाँदा यसको गर्मीको असर कम हुन्छ । यस्तै भिजाएको किसमिस पेटका लागि पनि निकै फाइदाजनक हुन्छ ।

बदाम

टाइम्स अफ इन्डियाको खबर अनुसार बदामलाई ६ देखि ८ घण्टा भिजाएपछि मात्रै खानुपर्छ । यसो गर्दा बदाममा भएका सबै शक्ति शरीर भित्र प्रवेश गर्नेछ । बदाममा भिटामिन इ, एन्टिअक्सिडेन्ट्स र एसेन्सियल ओयल भरपुर मात्रामा पाइन्छ । पानीमा भिजाएपछि यसको फायटिक एसिड गायब हुन्छ । यो मुटुका लागि निकै स्वस्थ हुन्छ ।

खजुर

खजुर यसै पनि चिपचिपे हुन्छ त्यसैले धेरैले यसलाई यत्तिकै खान्छन् तर यदि तपाईं यसलाई दूध वा पानीमा भिजाएर खानुहुन्छ भने यसले शरीरलाई थुप्रै गुणा फाइदा प्रदान गर्छ । खजुरमा अर्गानिक सल्फर पाइन्छ जसले मौसमी फ्लुलाई कम गर्छ । यसका साथै यसले मुटु रोग र नसा सम्बन्धी रोगमा निकै फाइदा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?