मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेत्री नीना गुप्ता: जो आफू अभिनित फिल्म रिलिज नहोस् भनी भगवानसँग प्रार्थना गर्थिन्

बलिउड फिल्म उद्योगमा नीना गुप्ताको परिचय अभिनेत्रीका रूपमा मात्र छैन । उनी निर्देशक र निर्मात्रीको समेत हुन् ।

टेलिभिजन हेर्ने दर्शकमाझ पनि उनको लोकप्रियता उत्तिकै छ । पछिल्लो समयको लोकप्रिय वेब सिरिज ‘पञ्चायत’ बाट उनको लोकप्रियता अझै बढेको छ । उक्त सिरिजमा नीनाले ग्राम पञ्चायतकी प्रधानको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्मी करिअर मात्र होइन, व्यक्तिगत जीवनको प्रेम सम्बन्धका कारण पनि उनी सधैं चर्चामा रहन्छिन् । ८० को दशकमा प्रसिद्ध क्रिकेट खेलाडी भिभियन रिचर्डससँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनले सन् १९८६ मा भिभियनकै प्रेमिकाका रुपमा विवाह नगरी छोरी मसाबालाई जन्म दिएकी थिइन् ।

उनले ‘सिङ्गल मदर’का रुपमा छोरीलाई हुर्काएकी थिइन् । १९५९, जुलाई ४ मा कलकत्तामा जन्मिएकी उनले १९८२मा फिल्म ‘गान्धी’बाट आफ्नो कलाकारिता शुरुवात गरेकी थिइन् ।

चार दशकभन्दा लामो समय बलिउडमा बिताएकी उनले करिअरको शुरुवाती दिनमा फिल्मको लेखन र कथावस्तु मन नपरेपनि उनलाई कामको खाँचो भएकाले ती फिल्महरू साइन गर्ने गर्थिन् । जुन भूमिका निर्वाह गर्ने उनको रुचि थिएन । फिल्ममा उनको भूमिका कमजोर भएकै कारण उनले ती आफू अभिनित फिल्महरु कहिल्यै आम दर्शकसमक्ष रिलिज नहोस् भनेर भगवानसँग प्रार्थना गर्थिन् ।

हालै मात्र एक पोडकास्ट कुराकानीमा उनले आफ्नो करिअरको शुरुवाती दिनलाई स्मरण गर्दै यसबारे खुलासा गरेकी थिइन् ।

गुप्तालाई उनले आफूलाई मन नपर्ने कुनै भूमिका खेलेको छ कि छैन भनेर सोधिएको प्रश्नमा उनले धेरै वर्षदेखि आफूलाई मन नपर्ने भूमिका गर्दै आएको स्वीकार गरेकी थिइन् । उनले फिल्मी दुनियाँमा आफ्नो करिअर शुरुवात गर्दै गर्दाको क्षणलाई स्मरण गर्दै उनले नव कलाकारले निर्देशकसँग भेट्न निकै सास्ती र मुस्किलहरु भोग्नुपर्ने भोगाइहरु सुनाइन् ।

उनका अनुसार उनले प्रायः उनलाई चित्त नबुझेका भूमिका र भागहरूमा नै अभिनय गर्न स्वीकार गरिन् । जुन फिल्महरुमा उनी कुनै नोकर, सेवकका रुपमा सहायक भूमिकामा नै थिइन् । शुरुवाती समयमा त्यसरी स्वीकार्नुभन्दा अन्य विकल्प उनीसँग थिएन । किनभने आमाबुवाको चाहना विपरीत फिल्मी उद्योगमा प्रवेश गरेकी उनलाई आफू बाँच्न पनि काम गर्न जरुरी थियो । आर्थिक अभाव टार्नकै लागि उनले स–साना भूमिका पनि फिल्ममा निर्वाह गरिन् ।

उनले भनेकी छिन्, ‘मैले यस क्षेत्रमा काम गरेको वर्षौं भइसक्यो । म शुरुमा फिल्म क्षेत्रमा आउँदा निर्देशकलाई भेट्न पनि पाइनँ । मैले नोकर, सेवक जस्ता धेरै नराम्रा र डरलाग्दा भूमिकाहरुमा अभिनय गरेँ । त्यो बाहेक मसँग अर्को उपाय थिएन । मेरो आमाबुवाको इच्छा विरुद्ध फिल्ममा आएकीले म अभावमा उहाँहरुबाट पैसा लिन चाहन्न थिएँ ।’

आफ्नो शुरुवाती करिअरमा नै प्रायः आफूलाई नराम्रो लाग्ने भूमिका खेलेकै कारण उनी ती फिल्महरु बाहिर नआउने आशा पनि गर्थिन् । आम मानिसहरूले उनको भूमिकाहरुलाई कहिल्यै नदेखेओस् भन्ने उनको चाहना थियो । यद्यपि उनले ती अप्ठ्यारा परिस्थितिहरुमा आफूलाई बलियो रुपमा उभ्याइन् । उनले निर्वाह गरेका नराम्रा भूमिकाहरुमा पनि उनी सच्चा र इमानदारीका साथ देखिइन् ।

गुप्ताले त्यो समयमा आफ्नो बलियो आत्मबलले साथ दिएको बताउँछिन् । आफ्नो यात्रामा जतिसुकै कठिन परिस्थिति आए पनि कसैबाट आर्थिक सहयोग नलिने उनको प्रण थियो । उनको यो प्रण र आत्मविश्वासले नै उनलाई बलिउडमा लामो यात्रासम्म डोर्‍यायो ।

‘मैले यति धेरै नराम्रा भूमिकाहरू गरेकी थिएँ कि कहिलेकाहीँ म भगवानसँग प्रार्थना गर्थेँ कि ती फिल्महरु रिलिज नै नहोस् । किनभने त्यसमा धेरै खराब भूमिकालाई मैले निर्वाह गरेकी थिएँ । त्यतिबेला म दुःख पाउँछु तर पैसा माग्दिन भन्ने मेरो मान्यता थियो ।,’ उनले एक अन्तर्वार्ताका क्रममा भनेकी छिन् ।

उनले पछिल्लो फिल्म ‘उचाइ’ मा उत्कृष्ट सह–अभिनेत्रीको भूमिका निर्वाह गरेबापत राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन् । जुन फिल्मको छायाङ्कन नेपालमा पनि गरिएको थियो ।

यो उनको तेस्रो राष्ट्रिय पुरस्कार थियो । उनले यसअघि बजार सीताराम (१९९३) का लागि निर्देशकको रूपमा सर्वोत्कृष्ट पहिलो ननफिचर फिल्मको अवार्ड र ‘वोह चोकरी’ (१९९४) का लागि सर्वोत्कृष्ट सहअभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन् ।

आम दर्शकले उनलाई पछिल्लो फिल्म ‘कागज २’ मा देखेका थिए । उनी आफ्नो शृङ्खला, ‘१००० बेबीज’को रिलिजको पर्खाइमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?