मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ६ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिइन् । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा तीन करोड ५० लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

‘चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ’, प्रमुख घर्तीले बताइन् । राजश्व चुहावट रोक्नुका साथै सरसफाइ, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।

चालु आवमा ५० करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताइन् । गत आवमा ३६ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?