मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्र बैंकले मंगलबार मात्रै सुनको असर्फी बिक्री गर्ने

काठमाडौँ– धनतेरसको लागि नेपाल राष्ट्र बैंकले एक दिन मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ । बैंकले आगामी कात्तिक १३ गते मंगलबारमात्रै सुनका असर्फी बिक्री गर्न लागेको हो ।

बैंकले सर्वसाधारणका लागि २ दशमलव ५ ग्रामको सुनको असर्फी वितरण गर्ने छ । बैंकले मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म सुनको असर्फी बिक्री गर्ने जनाइएको छ ।

चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुने भएको छ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने भएका हुन्।

गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम गरी पाँच थान सिक्का किन्न पाइने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?