मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेङ्गुका बिरामीका लागी निकै फाइदाजनक हुन्छ मेवाको पातको जुस 

अहिले घरैपिच्छे डेङ्गुका बिरामी छन् । डेङ्गुका बिरामीहरूमा अत्यधिक ज्वरो आउने,शरीर काम्ने कमजोर हुने,ज्यान गल्ने जस्ता समस्याहरू देखा पर्छन् ।

देशभर लामखुट्टेबाट सर्ने रोगका घटना बढ्दै गएका छन् । काठमाडौँमा डेङ्गुका बिरामीहरू बढिरहेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगहरू कतिपय अवस्थामा घातक पनि हुन सक्छन् ।

 सँगै समयमै उपचार नपाए डेङ्गु घातक पनि हुन सक्छ । जसरी डेङ्गुका बिरामी बढ्दै गएका छन्, त्यसको रोकथामका लागि हामी आफू सचेत हुन आवश्यक पनि छ । डेङ्गुलाई गम्भीर मानिन्छ ।

यसका कारण मान्छेको ज्यानै पनि जान सक्छ । यसकारण आज हामी डेङ्गुका बिरामीले के खाने भन्ने विषयमा जानकारी गराउँछौ ।

मेवाको पातको जुस  

डेङ्गु हुँदा मेवाको पातको जुस खानु पर्छ भनेर हामीले कयौं पटक सुनेका छौं । डेङ्गुका बिरामीमा प्लेटलेट कम हुने समस्या बढी देखिन्छ । 

मेवाको पातको रस प्लेटलेट काउन्ट बढाउन सहयोगी हुने मानिन्छ । मेवाको फल र यसको पातको रस दुवैले धेरै स्वास्थ्य लाभ प्रदान गर्न सक्छ भनेर कयौं अध्ययनले देखाएका छन् । 

डेङ्गुको अहिलेसम्म कुनै खास उपचार नभए पनि यसको लक्षण नियन्त्रणका लागि केही औषधि दिइएको छ । एक अध्ययनअनुसार, मेवाको पातलाई डेङ्गु प्रभावित क्षेत्रमा थ्रोम्बोसाइटोपेनियाको उपचारमा प्रयोग गरिएको पनि भेटिएको छ ।

थ्रोम्बोसाइटोपेनिया भनेको रगतमा प्लेटलेटको संख्या कम भएपछि उत्पन्न हुने स्थिति हो । प्लेटलेट्सले रक्तस्राव रोक्न र रगतलाई जमाएर घाउ निको पार्न मद्दत गर्छ । त्यसैले प्लेटलेट कम हुँदा डेङ्गुमा रक्तश्रावको जोखिम बढ्छ ।

त्यसैले तपाईँमा पनि यसका लक्षणहरू देखिएका छन् भने एक पटक अस्पतालमा स्वास्थ्य चेकजाँच गराउनुहोस् । डेङ्गुका लक्षणहरू कम गर्न मेवाको पातको रस लाभदायक हुन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?