मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफूलाई सकारात्मक राख्न अपनाउनुहोस् यस्तो उपाय 

पछिल्लो समयको व्यापक समस्या बनिरहेको छ एन्जाईटि,डिप्रेसन जस्ता मनोरोगहरू । यस्ता मनोरोगहरू व्याप्त बनिरहँदा समाजमा विभिन्न घटनाहरू समेत घटिरहेका छन् ।

यस्ता मनोरोगहरूकै कारण व्यक्तिलाई आफ्नो दैनिकीमा पनि प्रभाव परिरहेको हुन्छ । यसकारण हामी सकारात्मक रहन नितान्त आवश्यक छ । यसकारण आज हामी आफू सकारात्मक रहन के गर्ने भन्ने सन्दर्भमा जानकारी गराउँछौ । 

आफूलाई मन पर्ने कुरा गर्नुहोस् 

आफूलाई मन पर्ने कुरा गर्नुहोस्। जस्तो साथीहरूसँग भेटघाट गर्नुहोस्, पार्कमा साँझको पैदल यात्रा गर्नुहोस्, वा मन पर्ने पुस्तक पढ्नुहोस्। यसले तपाईँलाई सकारात्मक राख्न मद्दत गर्नेछ।  

आफूलाई महसुस गर्ने

जब तपाईँ तनाव वा महसुस गर्दै हुनुहुन्छ, केही गहिरो सास लिनुहोस् र वर्तमान क्षणमा फोकस गर्नुहोस्। ध्यान दिनुहोस् कि तपाईँको शरीर कस्तो महसुस गर्छ र तपाईँ कुन आवाजहरू सुन्न सक्नुहुन्छ ।

एकचोटि तपाईँले आफ्ना विचारहरू पहिचान गर्न सिक्नुभयो भने, तपाईँ सक्रिय रूपमा नकारात्मक विचारहरूलाई थप सकारात्मक विचारहरूसँग बदल्न सक्नुहुन्छ ।

मज्जाले हाँस्नुहोस्

यदि तपाईँ खुसी महसुस गर्नुहुन्न भने पनि, आफैलाई मुस्कुराउन बाध्य पार्नुले वास्तवमा तपाईँलाई राम्रो महसुस गराउन सक्छ । मुस्कानले तपाईँको दिमागमा रसायनहरू निस्कन मद्दत गर्दछ जसले तपाईँलाई खुसी र आराम महसुस गराउँछ ।

अनुसन्धानले के पत्ता लगाएको छ भने मुस्कानले मात्र सकारात्मक भावनाहरू उत्पन्न गर्न मद्दत गर्दैन, यसले मानिसहरूलाई संसारलाई अझ सकारात्मक दृष्टिकोणबाट हेर्न मद्दत गर्दछ । तपाईँ निराश महसुस गर्दै हुनुहुन्छ भने केही मिनेटको लागि मुस्कुराउने प्रयास गर्नुहोस् र हेर्नुहोस्।

आफूलाई खुसी बनाउने चीजहरू कल्पना गर्नुहोस्

आफूलाई खुसी पार्ने चिजहरू, आफूले बिताएको रमाइलो समय याद गर्नाले पनि सकारात्मक रहन मदत गर्छ ।

पर्याप्त निन्द्रा सुत्नुहोस् 

जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ । छ देखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईँको मन स्वस्थ रहन सक्दैन। जसले तपाईँलाई नकारात्मकता तिर लैजान सक्छ ।

नियमित व्यायाम गर्नुहोस्

योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको इनटेक बढ्छ । रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईँलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ । जसले तपाईँलाई सकारात्मक रहन मदत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?