मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ – सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

विहिबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । जुन आज सकिदै थियो ।

हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले बयानका लागि रुपन्देही समेत लैजाने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?