मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसकारण खाना राम्ररी चपाएर खानुहोस्

हामी प्रायजसो हतारमा नै हुन्छौ । खाना खाने समेत राम्ररी फुर्सद पाउँदैनौ हामी । यसकारण हतारमा खाना खाँदा हामी राम्ररी नचपाईकन खाने गर्छौ । 

अर्को कुरा भनेको हतारमा छिटो–छिटो खाना खाँदा अड्किने समस्या हुँदा पानी पिउँदै खाना निल्ने पनि गर्छौ । तर यसरी हतारमा नचपाईकन खाना खाँदा स्वास्थ्यमा असर पर्ने पोषणविद्हरू बताउँछन् । 

बिस्तारै राम्रोसँग चपाएर खाना खानुका लाभहरू

– बिस्तारै राम्रोसँग चपाएर खाने गर्दा खाना कम खाइन्छ । किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ । यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ ।

– राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन लगायत पोषक तत्त्व हाम्रो शरीरमा राम्रोसँग घुल्न पाउँछन्।् । र  यसो भयो भने मोटाइँदैन । शरीर स्वस्थ र फिट रहन्छ ।

– अर्को कुरा राम्रोसँग चपाएर खाने गर्दा खाना राम्रोसँग पच्छ र पाचन प्रक्रिया बलियो बन्न पुग्छ । अधिकांश रोग पेटको खराबीका कारण सिर्जना हुने भएकाले बढी चपाएर खाना खाने गर्नाले स्वास्थ्य राम्रो हुँदै जान्छ ।

– राम्रोसँग चपाएर खाँदा थोरै खानाबाट पनि शरीरले पर्याप्त पोषक तत्त्व पाउँछ । त्यही भएर खाद्यान्न सङ्कट आउन नदिन पनि हामीले बढी चपाएर खाने बानी बसाल्नुपर्छ । 

– राम्रोसँग चपाएर खाँदा भोक ढिलो गरी लाग्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन । त्यही भएर वजन घटाउन चाहनेले थालमा थोरै खाना लिएर समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ ।

–राम्रोसँग चपाएर खाएको एउटा रोटीले पनि चार वटा रोटीको जति पौष्टिकता प्रदान गर्ने गर्दछ । त्यसकारण धेरै खाना खानेभन्दा पनि प्रक्रिया पुर्‍याएर खाना खाने गर्नुपर्छ । 

–खाना खानु जति जरुरी छ त्यति नै चपाउनु पनि महत्त्वपूर्ण छ । राम्रोसँग चपाएर खाँदा कम खानाले पेट भरिनुका साथै सन्तुष्टि पनि हुने गर्दछ ।

–जब हामीले खाना चपाएर खान्छौँ भने हाम्रो पाचनतन्त्र पाचनका लागि तयार रहन्छ । यसरी हामी जति धेरै चपाएर खाने गर्दछा ैं। त्यति नै राम्रोसँग हाम्रो पाचनतन्त्रले काम गर्नेछ ।

–ठिकसँग चपाएर खानुले स्वादमा समेत असर गर्ने गर्छ । धेरै बेरसम्म चपाएको खानामा स्वाद पनि मीठो हुने र त्यसको आनन्द पनि लामो समयसम्म हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?