मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइग्रेनबाट छुटकारा पाउन यस्ता छन् घरेलु उपाय

माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । माइग्रेन पीडितहरूलाई नियमित रूपमा टाउको दुखिरहन्छ ।

यो पीडा कान र आँखा पछाडि हुन्छ । यो दुखाई टाउकोको कुनै ठाउँमा पनि हुन सक्छ । यसले केही व्यक्तिको हेर्ने क्षमतामा पनि असर गर्छ ।

स्वास्थ्य विज्ञहरूको अनुसार पुरुषमा भन्दा महिलामा बढी यो रोग लाग्ने गर्छ । धेरै महिलामा लाग्ने भएता पनि माइग्रेनलाई गम्भीर रूपमा लिने गर्दैनन् । कम महिलाले मात्र यसको उपचार गराउँदछन् । धेरै रोगीले सामान्य रोगको रूपमा लिने भएकाले औषधी नै प्रयोग गर्दैनन् ।

यस्तो अवस्थामा प्राकृतिक उपचारले माइग्रेनको लक्षण कम गर्न निकै सहयोगी हुन्छ । माइग्रेनबाट छुटकारा पाउने केही घरेलु उपायहरू यस प्रकार छ :

–  शरीरमा रहेको क्याफिनको थोरै मात्राले माइग्रेनको दुखाइमा राहत दिन्छ । यस्तो अवस्थामा तपाईँले कालो कफी पिउनुपर्छ । तर कहिलेकाहीँ धेरै क्याफिन सेवन गर्दा पनि माइग्रेन हुन सक्छ ।

–  अनुसन्धानले पत्ता लगाएको छ कि माइग्रेन दुखाइको बेला लेभेन्डर तेल सुँघ्नु भयो भने, यसले १५ मिनेटमा केही प्रभाव देखाउँछ । यस्तो अवस्थामा तपाईँले यसलाई सिधै वा रुमालमा राखेर सुँघ्न सक्नुहुन्छ ।

–  माइग्रेनको समस्या सुरु भएको छ भने तपाईँले एकै समयमा पुदिनाको तेल सुँघ्नु भयो भने, यसले दुखाई बढ्नबाट रोक्न सक्छ ।

–  दालचिनीले माइग्रेनको असहनीय पीडाबाट पनि राहत दिन्छ। यसलाई डेकोक्शनको रूपमा वा यसको पेस्ट टाउकोमा लगाउनाले आराम पाउन सक्नुहुन्छ ।

–  माइग्रेनको दुखाइ सुरु भयो भने अदुवाको टुक्रा मुखमा चपाउनुहोस् । आराम पाउनुहुनेछ । यसलाई चियाको रूपमा पनि पिउन सकिन्छ ।

तर यदि यो असहनीय हुँदै गइरहेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?