मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

काठमाडौँ – दक्षिण अफ्रिकाले बङ्गलादेशविरुद्धको पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ ।

टेस्टको पाँचौँ दिन बङ्गलादेशले दिएको १०६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

यस टेस्टको पहिलो इनिङमा बङ्गलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो । त्यस्तै बङ्गलादेशले दोस्रो इनिङमा कमब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो तर त्यो पर्याप्त भने भएन ।

यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?