मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीय खुसी भएका छन् ।

सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले घरदैलो सेवा सुरु गरेपछि स्थानीय खुसी भएका हुन् ।

घुम्ती शिविरबाट घरदैलोमै सेवा पाउँदा सहज भएको म्याग्दे गाउँपालिका–१ का दुर्गा रानाले बताए । पालिकाबाट प्रदान गरिने सेवा लिन प्रमुख प्रशासनिक केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेकामा पालिकाले घरदैलोमा आएर सेवा दिँदा सजिलो भएको उनको भनाइ छ ।

गत असोज ६ गतेदेखि सुरु गरिएको एकीकृत सेवा शिविर वडा नम्बर १, २, ३ र ७ मा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

वडा नम्बर १ को बाख्रे, वर्च्याङ, गुणादी, वडा नम्बर २ को गुन्जरा र पार्टीचौर, वडा नम्बर ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नम्बर ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा एकीकृत घुम्ती शिविर सम्पन्न भइसकेको छ ।

दशैँ पश्चात वडा नम्बर ४, ५ र ६ मा एकीकृत घुम्ती शिविर सुरु गरिएको र जसअनुसार वडा नम्बर ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश माविमा मङ्गलबार र सोही वडाको छिम्लीस्वाँरा कालिका मोइ समूह भवनमा बुधबार शिविर सञ्चालन गरिएको वडाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

वडा नम्बर ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटारमा आज र भोलि तथा वडा नम्बर ६ को सर्वलाङ, रत्न मावि, तिलाहार र गाउँस्वारा र अकला सामुदायिक भवनमा कात्तिक ११ र १२ गते शिविर सञ्चालन गरिने पालिकाले जनाएको छ ।

पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रूपमा स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा सहज तरिकाले जनतासामु पुर्‍याउने उद्देश्य अनुसार एकीकृत घुम्ती शिविर अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

शिविरमा स्वास्थ्यतर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, भिडियो एक्सरेसहित गर्भवती परीक्षण, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रिनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?