मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिहारमा फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।   

गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । हाल ३५  व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए। 

प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो । त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको महानगरले जनाएको छ । 

‘आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्,’ उनले भने । फूल बिक्री स्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ । 

यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष स्वदेशी उत्पादन २५ लाख माला मात्र छ । बाँकी माला भारतबाट आयात गर्न लागिएको छ ।  

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन् ।  

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन् । मुलुकभित्र दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?