मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अलार्म राखेर सुत्ने बानीले निम्त्याउन सक्छ यस्तो जटिल समस्या 

सायदै मोबाइलमा अलार्म नराखी सुत्ने व्यक्तिको सङ्ख्या निकै कम होला ।

अलार्म राखेपछि जतिबेला भन्यो त्यतीबेला उठ्न सकिने भएका कारण पनि मानिसहरूले अलार्म राख्नुलाई आफ्नो दैनिकी बनाइसकेका छन् । 

अलार्मले धेरैलाई बिहान उठ्न मद्दत गर्छ । तर यसले केही स्वास्थ्य समस्याहरू पनि निम्त्याउने विज्ञहरू बताउँछन् । 

विज्ञका अनुसार स्वाभाविक रूपमा रूपमा उठ्ने व्यक्तिको तुलनामा अलार्म लगाएर उठ्ने व्यक्तिको रक्तचापमा ७४ प्रतिशत वृद्धि हुन सक्छ । ७ घण्टा भन्दा कम सुत्नेहरूमा अलार्म लगाएर उठ्दा रक्तचापको वृद्धि बढी हुन्छ । 

रक्तचापको यो वृद्धिले हृदयाघात र स्ट्रोकको जोखिम बढाउन सक्छ । विशेष गरी, यो जोखिम पहिलेदेखि हृदय रोग वा उच्च रक्तचाप भएका व्यक्तिहरूमा उच्च हुन्छ । 

अलार्मले अचानक गहिरो निद्राबाट जगाउँछ र यसले स्लीप इर्टिया पनि निम्त्याउन सक्छ । जसमा व्यक्तिलाई दुई घण्टासम्म आलस्यता महसुस हुनसक्छ । 

अलार्मले तनाव स्तर पनि बढाउन सक्छ । यसकारण नियमित रूपमा अलार्मको प्रयोग नगर्नुहोस् । (७–८ घण्टा) पर्याप्त निद्रा लिनुहोस्, जसले तपाईँलाई स्वाभाविक रूपमा उठ्न मद्दत गर्छ ।

अर्को भनेको तपाईँको कोठामा प्राकृतिक प्रकाश आउन दिनुहोस् ताकि मेलेटोनिनको उत्पादनमा कमी आउन सक्छ, जसले स्वाभाविक रूपमा उठ्न मद्दत गर्दछ । सुत्ने र उठ्ने तालिका सधैँ एउटै राख्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?