मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगितामा १० टिमको सहभागिता

काठमाडौँ – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गरे ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्नेजस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताए ।

राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र सङ्गठनको शिर उच्च बनाएको उनले उल्लेख गरे । आगामी दिनमा खेलकुद प्रतियोगितालाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिता सञ्चालनसहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उनले बताए ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगितासम्बन्धी संक्षिप्त जानकारी दिए । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?