मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पार्टनरको घुर्ने बानीबाट छुटकारा पाउन धेरै पर जानै पर्दैन,भान्सासम्म पुगे हुन्छ

काठमाडौँ – सबै मान्छेको एउटै बानी हुँदैन । तर यस्ता अधिकांश बानी समान खालका हुन्छन् । अधिकांश मानिससँग मिल्ने बानी सुत्दा घुर्नु पनि हो।

घुर्ने बानी भएकाहरुसँग सँगै सुत्ने अर्को व्यक्तिलाई उसको घुराईले असर गरिरहेको हुन्छ । यस्तो बानीले पार्टनरको निद्रा बिथोलिन सक्छ । बढी थकान वा बन्द नाक हुँदा पनि मानिसहरु निद्रामा घुर्ने गर्दछन् । यस्तो अवस्थामा घुर्ने व्यक्तिसँगै सुत्ने व्यक्तिको निद्रा नै खलबलिन पुग्छद ।

तर अब भने यो समस्याबाट छुटकारा पाउनका लागि धेरै पर जानै पर्दैन । तपाईं भान्सासम्म पुगे हुन्छ । यदि तपाईं पनि यो समस्याबाट पीडित हुनुहुन्छ र छुट्टी चाहनुहुन्छ भने तल बताइएको कुरालाई प्रयोगमा ल्याउनुहोस् ।

यदि तपाई पनि घुर्ने वा तपाईको साथमा सुत्ने व्यक्तिको घुर्ने कारणले समस्यामा हुनुहुन्छ भने तपाईका लागि यी उपाय उपयोगी हुनेछ । यी उपायहरु जसको प्रयोग गरेर तपाई घुर्ने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

घिउको प्रयोग
यदि तपाईलाई घुर्ने समस्या छ भने घिउले तपाईलाई यसबाट छुटकारा पाउन धेरै मद्दत गर्छ । घुर्ने समस्याबाट छुटकारा पाउनको लागि सबैभन्दा पहिले घिउलाई अलिकति तताएर त्यसको केही थोपा नाकमा हाल्नु पर्छ । यसो गर्दा घुर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

दालचीनीले मद्दत गर्नेछ
घुर्ने समस्याबाट छुटकारा पाउन दालचीनीको प्रयोग पनि गर्न सकिन्छ । सबैभन्दा पहिले एउटा गिलासमा मनतातो पानी लिनुपर्छ र त्यसमा दुईदेखि तीन चम्चा दालचीनीको धूलो मिसाउनु पर्छ । अब उपभोग गर्नुपर्छ। यो पेयलाई केही दिनसम्म लगातार सेवन गर्दा घुर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

पुदिना पनि फाइदाजनक छ
यदि तपाईं घुर्ने समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने, तपाईं पनि पुदिना प्रयोग गर्न सक्नुहुन्छ। घुर्ने समस्याबाट छुटकारा पाउन मनतातो पानीमा पुदिनाको तेल मिसाएर कुल्ला गर्नुपर्छ । केहि दिन यसो गर्दा घुर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?