मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक

काठमाडौँ – आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ ।सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । अभिनेता कुन्दन भारद्वाजलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

बाबु साहेब बलामी निर्देशित फिल्ममा कुन्दनसहित सुनिल थापा, अनुजा लेप्चा, रविन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमिल्सेना, ह्यारी जोश ‘बलिउड कलाकार’, मौसम पौडेल लगायतको अभिनय छ । फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिएको निर्देशक बलामीले जानकारी दिए ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको निर्माण रहेको फिल्ममा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् ।

यसमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद लेखन, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व निर्देशन तथा मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?