मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत

काठमाडौँ – ओडिशा र पश्चिम बङ्गालको तटमा चक्रवात दानाको सम्भावित अवतरण अघि तयारीको लागि भारतीय वायु सेना ‘आईएएफ’का दुई विमानहरूले बुधबार राष्ट्रिय विपद् प्रतिक्रिया बल ‘एनडीआरएफ’ का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा लगेका छन् ।

एनडीआरएफका अधिकारकर्मी तथा राहत सामग्री बोकेका जहाज आईएल–७६ र एएन–३२ भटिङ्डाबाट बुधबार भुवनेश्वर आइपुगेका हुन । भारतीय मौसम विज्ञान विभागका अनुसार, ’चक्रवात दाना’ ले भितरकनिका र ओडिसाको तटमा भद्रक वा बालासोरको बिचमा अवतरण गर्ने अनुमान गरिएको छ ।

ओडिसा सरकारले बालासोर, भद्रक, केन्द्रपाडा, मयूरभन्ज, जगतसिंहपुर र पुरी जिल्लाहरूमा अधिकतम प्रभाव पर्ने अनुमान गरेको छ । चक्रपात बङ्गालको पूर्वी मध्य खाडीमा दबाव छोडी पश्चिम–उत्तरपश्चिमतर्फ १८ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढ्ने जनाएको छ ।

चक्रपत अक्टोबर–२४ को बिहानसम्म उत्तर–पश्चिम बङ्गालको खाडीमा गम्भीर चक्रवाती आँधीमा परिणत हुने र अक्टोबर –२४ को राति तथा अक्टोबर–२५ को बिहानमा पुरी र सागर टापुको बिचमा ओडिशा र पश्चिम बङ्गालको तट पार गर्ने सम्भावना रहेको जनाइएको छ ।

अक्टोबर–२२ मा, ओडिसाका शिक्षा मन्त्री नित्यानन्द गोन्डले विद्यार्थीको सुरक्षालाई ध्यान दिदै अक्टोबर २३–२५ सम्म प्रभावित हुन सक्ने क्षेत्रमा विद्यालय तथा कलेजहरु बन्द रहने घोषणा गरेका थिए ।

चक्रवात दानाले निम्त्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आइएमडीको पूर्वानुमानले अनुसार अक्टोबर २३–२६ सम्म ओडिसा र गाङ्गेय पश्चिम बङ्गालमा भारी वर्षा हुने जनएको छ ।

पश्चिम बङ्गाालको ओडिसामा एनडीआरएफ टोलीहरू चक्रवातको सामना गर्न तयार छन् भने जहाज सहित सेना, नौसेना र तट रक्षकको अतिरिक्त उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?