मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रसंघ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा अझै तीव्र

काठमाडौँ – संघर्षरत क्यारिबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसंघका एक शीर्ष अधिकारीले मंगलबार बताएका छन् ।

हाइटीका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि मारिया इसाबेल साल्भाडोरले सुरक्षा परिषद्मा भने, “हाइटीको सुरक्षा अवस्था अत्यन्त नाजुक छ, हिंसा तीव्र रुपमा फैलिरहेका छन् ।”

मध्य सहर पोर्ट सोन्डेमा भएको गिरोहको आक्रमणमा ११५ जना सर्वसाधारण मारिएको र दर्जनौँ घाइते भएको केही हप्तापछि उहाँको यस्तो अभिव्यक्ती आएको हो ।

साल्भाडोरले उक्त भयानक र क्रूर घटनालाई उद्धृत गर्दै राजधानी पोर्ट–आउ–प्रिन्समा भएको अन्य आक्रमणको श्रृङ्खला साथै महिला र युवती विरुद्ध बढ्दो यौन हिंसाबारे पनि उल्लेख गरे ।

“हाइटीमा मानवीय अवस्था भयावह छ“, उहाँले बताउनुभयो , “देशभर आपराधिक गिरोह गतिविधिले फैलाएको आतङ्क र त्रासले हाइटीवासीले पीडा भोग्नुपरेको छ ।”

गर्मीको समयमा तैनाथ हुन थालेको हाइटी प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्र समर्थित बहुराष्ट्रिय सैन्य मिसनको उपस्थितिका बावजुद हिंसा तीव्र भईरहेको छ ।

हाइटी प्रहरीले राजधानीका धेरै जिल्लामा गिरोह विरोधी अभियानहरू सुरु गरेको तर अझै पनि कर्मचारीलगायत अन्य स्रोतको अभावका कारण यी क्षेत्रमा नियन्त्रण कायम राख्न चुनौतीहरूको सामना गरिरहेको संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले हालैको एक प्रतिवेदनमा बताएका थिए ।

संयुक्त राष्ट्रसंघ विशेष गरी गिरोहको सिकार हुने बालबालिकाहरुका बारेमा चिन्तित छ । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी ‘युनिसेफ’ की प्रमुख क्याथरिन रसेलले सशस्त्र समूहका ३० देखि ५० प्रतिशत सदस्य बालबालिका रहेको अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?