मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिजरमा यस्तो देखियो ‘देववाणी’

काठमाडौं – आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको टिजर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ । टिजरमा एक्सनलाई विशेष स्थान दिइएको छ ।

टिजरमा नायक कुन्दनसहित नायिका अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ । याङ्कन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतमा विभिन्न स्थानमा छायाङ्कन गरिएको बताइएको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा बनेको यस फिल्मको पटकथा तथा संवाद निराजन मेहता मन्जिलले लेखेका हुन् । फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् ।

हेर्नुहोस् टिजर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?