मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कंगुवा’ को दोस्रो गीत ‘योलो’ सार्वजनिक

काठमाडौँ – बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कंगुवा’ को दोस्रो गीत ‘योलो’ सार्वजनिक भएको छ। 

मंगलबार सारेगम म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक यो गीतमा देवी श्री प्रसाद र शिल्पा रावको स्वर रहेको छ ।

गीतमा मेल्लोव डीको शब्द छ भने अभिनेता सुर्या र अभिनेत्री दिशा पाटनीको तस्बिरको झलक प्रयोग गरिएको छ। 

फिल्ममा सुर्या र दिशा पाटनीसँगै बबी देओल, योगी बाबू, प्रकाश राज, जगपति बाबुको मुख्य भूमिका छ। शिवले निर्देशन गरेको फिल्मलाई निशद युसुफले छायांकन गरेका हुन्।

बबी देओललाई खुंखार भिलेन अवतारमा देखाइएको छ। फिल्ममा उनी अबरार पात्रको भूमिकामा देखिनेछन्। उनको १५ देखि २० मिनेटको भूमिका रहेको बताइएको छ। 

यो फिल्म नोभेम्बर १४ देखि प्रदर्शन हुनेछ।  ३५० करोड भारु भन्दा बढी बजेटमा बनेको यो फिल्म यस वर्षको महंगो भारतीय फिल्म बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?