मलद्वार वरिपरि विभिन्न रोगहरू उत्पन्न हुन सक्छन् । तिनमा पायल्स, फिस्टुला, फिसर, साइनस, पिलोनिडल साइनस आदि प्रमुख हुन् ।
यिनीहरूमध्ये पनि पायल्स, फिस्टुला र फिसरका रोगहरू बढी पाइन्छन् । दिसा कडा भएर दिसा निस्किँदा मलद्वारको छाला च्यातिनु, घाउ हुनु नै फिसर हो ।
हाम्रो दिसा निस्कने मलद्वार सानो हुन्छ र कडा दिसा निस्कँदा मलद्वारको छाला च्यातिने र घाउ हुने हुन्छ । जसलाई फिसर भनिन्छ । ।
पेट,आन्द्रा मलाशय तथा मलद्वार रोग विशेषज्ञ डा. राकेश शाहका अनुसार दिसा एकदम साह्रो वा कडा हुनु, कब्जियत हुनु, मलद्वारमा घाउ हुनु,दुख्नु ,ब्लिडिङ हुनु, मलद्वार वरपर असहज महसुस हुनु आदि यसका लक्षणहरू हुन् ।
फिसर हुने मुख्य कारण
कब्जियतको समस्या नै यसको मुख्य कारण हो । यसकारण सकेसम्म कब्जियत बाट बच्नुहोस् । यस्तै अन्य विविध कारणहरू पनि हुन्छन् ।
यदि अन्य रोगहरू जस्तै ट्युबरक्लोसिस भएको छ,आन्द्राको क्यान्सर भएको छ,पायल्स फिस्टुलाको समस्या भोगिरहनु भएको छ भने पनि फिसरको समस्या निम्त्याउन सक्छ ।
अस्तव्यस्त जीवनशैली, लामो समय शौचालयमा बसेर दिसा गर्न बल गर्दा पनि बिस्तारै यो समस्या देखिन सक्छ । त्यस्तै, मसालेदार खानेकुरा, अदुवा मरीच, मासु र मैदाजन्य जस्ता खानेकुरा बढी खानु, प्रशोधित र जंकफुड, पर्याप्त पानी नपिउने, सुख्खा परिकार खाने र मदिरा पिउने बानी पनि यसको प्रमुख कारक हुन् ।
बच्ने उपाय
डा. शाहका अनुसार फिसरबाट बच्न मुख्य कुरा त तपाईँले खानपानमा विशेष ध्यान दिनुपर्दछ । बाहिरी जंक फुड,स्पाईसी चिल्लो–पिरो मसालेदार खानाहरू सकभर नखानुहोस ।
रातो मासुको सेवन नगर्नुहोस् । फाईबरयुक्त खानेकुराहरूमा जोड दिनुहोस् । त्यस्तै प्रशस्त पानी, झोल पदार्थ, हरियो सागपात, सलाद, फलफूल आदि सेवन गर्नुपर्छ ।
दिसा आएपछि तुरुन्त नजाने वा गएपछि दिसा गर्न धेरै बल गर्दा मलद्वारको नलीमा दबाब पर्न सक्छ । यस्तोमा दिसा गर्न असहज भइरहेको छ भने परीक्षण गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया