मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम्प्युटरको तथा मोबाइल स्क्रिनमा धेरै समय बिताउनुहुन्छ ?

पछिल्लो पुस्ता प्रविधिसँग निकै नजिकिएका छन् । यो राम्रो पक्ष हो । तर अर्को कुरा के छ भने भर्खर जन्मिएको बच्चादेखि वृद्धसम्मलाई मोबाइलको लत लागेको छ । 

एक हिसाबले हो मोबाइलको प्रयोग गर्दा यसबाट विभिन्न सूचना पाउन सकिन्छ । स्कुल, कर्पोरेट लगायत सबै क्षेत्रतिर यसको उच्च प्रयोग भइरहेको छ । तर मुख्य कुरा के रह्यो भने पछिल्लो पुस्ताले मोबाइलको अत्यधिक प्रयोग गरिरहेका छन्  । अझ स्पष्ट भाषामा भन्नुपर्दा मोबाइलको लत नै लागेको छ । 

चिकित्सक भन्छन् धेरै समय स्क्रिनमा बिताउँदा आँखामा समस्या आउँछ,टाउको दुख्ने समस्या बढ्छ । मोबाइल, ल्यापटप, डेस्कटप लगायतले स्क्रिन डिपेन्डेसी डिसअर्डर निम्त्याउन सक्छ । 

हामी ग्याजेट्स प्रयोग गर्दा समय बितेको पत्तो पाउँदैनौ । तर यस्ता स्क्रिन हेर्ने समयावधि कम्तीमा दुई घण्टा र बढीमा चार घण्टा भनेर छुट्ट्याएको छ । त्योभन्दा बढी स्क्रिन हेर्नु उचित हुँदैन र त्योभन्दा बढी समय प्रयोग गर्ने हो भने सावधानी अपनाउनुपर्छ । 

लामो समय स्क्रिन हेर्दा पर्ने असर  

हामीले कम्प्युटर, मोबाइल लगायतको स्क्रिनमा हेरिरह्यौँ भने हाम्रो ध्यान त्यहाँ खिचिएको हुन्छ, हामीले आँखा चिम्लिँदैनौँ । यसो गर्दा आँखा सुक्खा हुन्छ । आँखा बिझाउने, पोल्ने, आँखामा धुलो परेजस्तो हुने हुन्छ । 

हामीले हेर्ने वस्तु आफ्नो जति नजिक आउँछ, आँखाले हेर्न त्यति नै ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । त्यसलाई देख्न आँखाले जोडबल लगाउनुपर्छ । यसो हुँदा आँखा थाक्ने, आँखा पोल्ने, टाउको दुख्ने, टाउको भारी हुने समस्या निम्तिन सक्छन् । 

सावधानी अपनाउनुहोस् 

यसकारण हामीले मोबाइल, ल्यापटप वा डेस्कटपमा काम गरिरहेका छौँ भने हरेक २० देखि ३० मिनेटको फरकमा झ्याल वा खुला ठाउँबाट २० फिट टाढा २० सेकेन्ड हेर्नुपर्छ । त्यसकारण हामीले बेला–बेला कुनै वस्तु वा दृश्यमा केन्द्रित भएर पर हेर्ने गर्नुपर्छ । यसो गरेमा आँखालाई आराम मिल्छ, आँखामा असर केही मात्रामा कम हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?