मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिउँसो सुत्ने बानी हुनसक्छ यस्ता रोगको कारण

मानिसहरुको व्यस्त जीवनशैलीले सुत्ने सम्मको फुर्सद हुँदैन अचेल । दामका पछि दौडिँदा सुत्ने काम बिर्सिन्छन् मान्छेहरु । यसले तत्काल समस्या नदेखिए पनि कालान्तरमा ठूलो समस्या निम्तिन्छ । चिकित्सकहरु समयमै र राति नै सुत्न सुझाउँछन् ।

राति निद्रा नपरेपछि मानिसहरु फुर्सद मिल्यो कि के रात के दिन भन्दै सुतिहाल्छन् । तर दिउँसो सुत्ने बानी निकै नराम्रो हो । यसले स्वास्थ्यमा ठूलो समस्या निम्त्याउँछ ।

दिउँसो सुत्ने बानीले बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ । दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ ।

युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । त्यस्तै मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ । दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन ।

रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?