मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामो समय उभिएर काम गर्दा निम्तन्छ स्वास्थ्यमा यस्तो जटिलता 

मानिस कर्मशील प्राणी हो । कार्यालयमा काम गर्ने व्यक्तिहरूले दैनिक ८ घण्टादेखि ११–१२ घण्टा काम गरिरहेकै हुन्छन् । काम विभिन्न प्रकारका हुन्छन् ।

कतिपयले दिनभर कुर्सीमा बसेर काम गर्नुहुन्छ भने कतिपयले दिनभर उभिएर काम गर्नुहुन्छ । यसकारण आज हामी दिनभर उभिएर काम गर्नु स्वास्थ्यका लागी कति लाभदायक छ वा हानिकारक छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ । 

कुर्सीमा  बसेर काम गर्नुको तुलनामा लामो समयसम्म उभिनु शरीरको लागि खतरनाक हुन सक्छ । यसले रक्त प्रवाहसँग सम्बन्धित धेरै गम्भीर समस्या निम्त्याउन सक्ने कुरा चिकित्सक बताउँछन् । दैनिक धेरै घण्टासम्म उभिनु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । यसो गर्दा भेरिकोज नसा र गहिरो नसा थ्रोम्बोसिसको जोखिम बढ्न सक्छ । 

अनुसन्धानले यो पनि भनेको छ कि दैनिक १० घण्टाभन्दा बढी बस्नाले पनि मुटु र रक्त प्रवाहका रोगको जोखिम बढ्छ । त्यसैले बस्ने र उभिने दुवै अवस्थाको सन्तुलन कायम राख्नु आवश्यक छ ।

अध्ययनले देखाएको छ कि लामो समयसम्म उभिनाले मुटुको स्वास्थ्यमा पनि असर गर्छ । यसकारण विशेषज्ञले सुझाव दिएका छन् कि जो मानिस लामो समयसम्म बस्छन् वा उभिन्छन्, उनीहरूले नियमित रूपमा हिँड्नु पनि पर्छ ।

हिँड्नाले शरीरमा रक्त प्रवाह राम्रो हुनेछ र मुटुको स्वास्थ्यमा सुधार हुन सक्छ । हिँड्नु एक सरल र प्रभावकारी तरिका हो, जसद्वारा जो कोहीले आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?