मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्ता व्यक्तिहरूले तीतेकरेलाको सेवन गर्नु हुँदैन ? 

स्वादमा तितो हुने तितेकरेला धेरैलाई स्वादमा नमिठो लाग्छ । स्वादमा तितो हुने भएका कारण धेरै जनाले सकभर खान नपरे हुन्थ्यो जस्तो गर्ने गर्छन् । 

तर स्वादमा तितो भए पनि स्वास्थ्यका लागी निकै हितकार तरकारी हो यो । यद्यपि यसको सेवन गर्नु पूर्व कस्ता व्यक्तिले सेवन गर्नुहुन्छ र कस्ता समस्या भएका व्यक्तिहरूले यसको सेवन गर्नुहुँदैन भन्ने सन्दर्भमा जानकारी गराउँछौ । 

करेलाको सेवन कसले गर्ने ?

– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ । 

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा पर्छन् । 

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी निकै उपयोगी हुन्छ । 

–डायबिटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।

– शरीरमा हेमोग्लोबिनको मात्रा कम भएका व्यक्तिहरूले हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ । 

कस्तो समस्या भएका व्यक्तिहरूले करेला नखाने

–करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

–यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

–यदि तपाईँलाई पायल्सको समस्या छ भने पनि पनि तितेकरेलाबाट टाढै रहनुहोस् । किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउँछ ।

–शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । 

–तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

–बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तस्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

–करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?