मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकाको मानसिक तनावलाई कसरी पहिचान गर्ने ?

काठमाडौँ– आजको समयमा हाम्रो लागि शारीरिक स्वास्थ्य जति महत्वपूर्ण छ, मानसिक स्वास्थ्यको ख्याल गर्नु पनि उति नै जरुरी  भएको छ ।

बदलिँदो जीवनशैलीका कारण बालबालिकाहरु तनाव, चिन्ता र डिप्रेसनको सिकार भइरहेका छन् ।

आमाबाबुले समयमै बच्चाहरूमा तनावका लक्षणहरू पहिचान गर्न र त्यसबाट मुक्त भएर सामान्य जीवनयापनका लागि ध्यान दिन आजको टड्कारो आवश्यकता देखिन्छ ।

बच्चाहरूमा तनावको संकेत 

अत्यधिक चिडचिडापन र रिसाउने

यदि बच्चाहरुमा मानसिक समस्या भएको छ भने चाँडै रिसाउने र उनीहरुमा स–सानो कुरामा पनि चिडचिडापन हुन सक्छ । सानो सानो विषयमा हुने कुरामा पनि उनीहरु रुन थाल्छन् ।

डर र चिन्ता

बच्चाहरुमा मानसिक समस्या भएको छ भने बिनाकारण नै उनीहरुमा डर र चिन्ता हुन सक्छ । बच्चाहरु विद्यालय जान वा कुनै सामाजिक काम र समूहमा सहभागी हुन डर मान्छन् ।

अत्यधिक उदास

यदि बच्चाहरुमा बिना कारण नै अत्यधिक उदास हुन्छन् यो मानसिक तनावको संकेत हुन सक्छ ।

मानसिक विचलन

बच्चाहरुले सामान्य तरिकामा खेल्ने र साथीभाइहरुसँग बस्न रुचाउँदैन भने मानसिक समस्या भएको हुन सक्छ । यस्तो अवस्थामा बेला बेलामा ऊ आफैं एक्लो भएको जस्तो देखिन्छ ।

भोकमा परिवर्तन

बच्चाहरुमा अचानक भोकमा परिवर्तन आउनु पनि मानसिक तनावको संकेत हुन सक्छ । यस्तो बेलामा बच्चाहरुले खानामा कम गर्ने वा धेरै खाने गर्छन् ।

थकान 

यदि बच्चाहरुमा मानसिक तनाव भएको छ भने हरेक समयमा थाकेको महसूस गर्छन् भने दैनिक रुपमा गरिने सामान्य गतिविधिहरुमा समेत ध्यान दिँदैनन् ।

विद्यालयको क्रियाकलापमा कमी

यदि बच्चाहरुमा मानसिक तनाव भएको छ भने विद्यालयमा हुने क्रियाकलापमा ध्यान केन्द्रित गर्न नसक्ने, ग्रेड घट्दै जाने र विद्यालयमा शिक्षक वा सहपाठीहरूबिच नै घुलमिल हुन सक्दैनन् । 

नकारात्मक व्यवहार

बच्चाहरुमा मानसिक तनाव भएमा उनीहरुले अचानक झगडा गर्ने, जिद्दी वा अवज्ञाकारी व्यवहार देखाउँन थाल्छ ।

आत्मविश्वासको कमी

बच्चाहरुमा मानसिक तनाव हुँदा उनीहरुमा आत्मविश्वासको कमी हुन्छ र उनी कमजोर वा असहाय महसुस गर्छन् ।

बच्चाहरुमा तनावका कारणहरु  

शैक्षिक दबाब

अध्ययनमा राम्रो गर्ने धुनमा बच्चाहरुमा दबाब, परीक्षाको तयारी र ग्रेडको चिन्ताले उनीहरुमा तनाव उत्पन्न हुन सक्छ ।

सामाजिक दबाब

बच्चाहरु मित्रता वा साथीहरूको बीचमा फिट हुने प्रयास गर्दा र  सोशल मिडियाको प्रभावले उनीहरुलाई मानसिक दबाब हुन सक्छ ।

परिवारमा समस्या

आमाबाबुबीचको विवाद, सम्बन्धविच्छेद, वा नजिकको व्यक्ति गुमाउँदा बच्चाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पर्न सक्छ ।

अत्यधिक स्क्रिन समय

मोबाइल, टिभी वा कम्प्युटरको अत्याधिक प्रयोगले पनि बच्चाहरुमा तनाव उत्पन्न गर्न सक्छ । किनकि यसले बच्चाको शारीरिक गतिविधि कम गर्छ र उसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

कसरी हटाउने समस्या?

–बच्चासँग खुलेर कुरा गर्नुहोस् र उसको भावना बुझ्ने प्रयास गर्नुहोस् । बच्चाले भन्ने कुरा ध्यानपूर्वक सुन्नुहोस् र उसका लागि तपाईं हुनुहुन्छ भनेर आश्वासन दिनुहोस् ।

– यदि बच्चाले आफ्ना समस्याहरूको बारेमा खुलेर कुरा गर्दैन भने त्यसपछि उसलाई हलुका रूपमा कुराकानीको मेलोमा ल्याउने प्रयास गर्नुहोस् ।

–बच्चाहरूको लागि नियमित दिनचर्या(सुत्ने, खाने र खेल्ने समय) महत्वपूर्ण हुन्छ । यसले तिनीहरूमा स्थिरता र नियन्त्रणको भावना ल्याउँछ ।

–बच्चाहरुको उचित सुत्ने समय सुनिश्चित गर्नुहोस् । किनकि पर्याप्त निद्राले तनाव कम गर्न मद्दत गर्दछ ।

–शारीरिक गतिविधि बच्चाको तनाव कम गर्ने उत्कृष्ट तरिका हो । खेलकुद, दौड, साइकल वा अन्य कुनै गतिविधिले उसलाई मानसिक रूपमा स्वस्थ राख्न मद्दत गर्छ ।

–योग र ध्यान जस्ता प्रविधिहरू बालबालिकाका लागि पनि उपयोगी हुन सक्छन् । यसले उनीहरूलाई शान्ति र सन्तुलन महसूस गर्न मद्दत पुर्‍याउन सक्छ ।

रचनात्मक गतिविधि

बालबालिकालाई चित्रकला, सङ्गीत, नृत्य वा अन्य कुनै पनि रचनात्मक गतिविधिमा संलग्न गराउनु तनाव कम गर्ने प्रभावकारी उपाय हुन सक्छ । यसले तिनीहरूलाई आफ्ना भावनाहरू व्यक्त गर्न सहज बनाउन सक्छ । बालबालिकालाई शैक्षिक गतिविधिहरुमा सक्रिय रुपमा लाग्न उत्प्रेरणा दिनुपर्छ । उनीहरूलाई पढाइ र खेलकुदबीच सन्तुलन कायम राख्न प्रोत्साहन दिनुपर्छ । ताकि उनीहरूले आफ्नो मानसिक र शारीरिक स्वास्थ्य दुवैको ख्याल गर्न सकुन् । यदि बच्चामा तनावका गम्भीर लक्षणहरू देखिएका छन् र उनीहरूलाई घरेलु उपचारले नियन्त्रण गर्न सकिएन भने बाल मनोविद वा मानसिक स्वास्थ्य विज्ञहरुको परामर्श लिनुपर्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?