मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रातरात धनी बन्ने इच्छा छ ? लक्ष्मी पुजाका दिन यी काम गर्नुस्

काठमाडौँ – नेपालीहरुको दोस्रो ठूला पर्व तिहार नजिकिदै छ । तिहारमा लक्ष्मीको पुजाको विशेष महत्व रहेको छ । हिन्दुधर्म शास्त्र अनुसार तिहारका ५ दिनको आ आफ्नै महत्व छन् त्यस मध्ये आर्थिक पक्षसँग जोडिएको लक्ष्मीपुजाको दिन विशेष महत्व रहने गरेको छ ।

हरेक मान्छेलाई धनको आवश्यकता पर्नेगर्छ । जुनसुकै काम गर्दा पनि सबैभन्दा पहिले पैसाको जरुरत पर्ने गर्छ । यदि तपाई पनि यो समस्यासँग जुधिरहनु भएको छ भने यहि कात्तिक १५ बिहीबारका दिन लक्ष्मीपुजाको शुभ साइतमा यी उपायहरु अपनाउनुस ।

यस्तै तपाईले व्यापार, व्यवसाय गर्नु भएको छ तर भने जस्तो मुनाफा कमाउन सकिरहनु भएको छैन वा व्यापारमा घाटा खाइरहनु भएको छ ? या तपाईले सोचे जस्तो व्यापार भइरहेको छैन भने यो तिहारमा यी उपाय अपनाएर हेर्नुस तपाईलाई करोडपती बन्न रोक्ने छैन ।

लक्ष्मीपुजाको रात केही उपाय अपनाएमा लामो समयदेखिको आर्थिक संकटबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीपुजाको तपाई अपनाउने यी उपायले यस दिन आर्थिक संकटबाट मुक्ति मिल्नेछ चने तपाईलाई आर्थीक लाभ मिल्नेछ र देवी लक्ष्मीको आशीर्वाद तपाईंमाथि सधै रहनेछ।

शास्त्रका अनुसार लक्ष्मीपुजाको दिन कुखुरा दान गर्नु निकै शुभ मानिन्छ । कुखुरा दान गर्दा माता लक्ष्मी प्रसन्न हुन्छिन् भन्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

लक्ष्मीपुजाको दिन पहेँलो गाईको प्रतीकलाई माता लक्ष्मीको रुप मानिन्छ । यसका लागि लक्ष्मीपुजाको दिन पुजासामाग्रीमा अंकित धातुले बनाएको सेतो गाईको स्वरुपलाई बेसारमा भिजाएर रातो कपडामा बाँधेर तिजोरीमा राख्नाले आर्थिक लाभ मिल्ने शास्त्रमा उल्लेख छ ।

तिहारमा माता लक्ष्मीको यसरी विशेष पुजा अर्चना गर्नाले तपाईको आर्थिक अवस्था वर्षभर राम्रो रहने गर्छ । अझ देवी लक्ष्मीको आशीर्वाद प्राप्त गर्न अशोकको रुखको जरालाई गंगाजलले धोई सुरक्षित वा धन राख्ने स्थानमा राख्नाले बर्षभरि तपाईलाई नसोचेको आर्थिक लाभ प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?