मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिल्लीबाट काठमाडौँ ओर्लिएको विमानमा बमको धम्की, सेनाले खोजतलास गर्दै

काठमाडौँ – भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएप मार्फत सो धम्की दिइएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन् ।

विमानमा बम रहेको नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो ।

अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौ उडान प्रभावित भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?