मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लक्ष्मी पुजामा यस्ता कुनै पनि काम नगर्नुहोस् लक्ष्मी पुरै घरमा क्रोधित हुनेछिन्

काठमाडौँ – हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिदै छ । दीपावलीसँगै सुख, समृद्धि र ऐश्वर्यको पर्व पनि हो तिहार । यसलाई लक्ष्मी पुजा तथा दीपावली जस्ता नामले पनि चिनिन्छ।

हरेक वर्ष कार्तिक अमावस्याका दिन दीपावली पर्व मनाइन्छ । यो दिनलाई धेरै शुभ मानिन्छ र यस दिन मानिसहरूले घर, पसल र कारखानामा लक्ष्मी-गणेशको पूजा गर्छन्।

लक्ष्मी पुजाको दिन मानिसहरूले घरलाई राम्ररी सरसफाइ गर्ने, सजाउने, रंगोली बनाउने, मिठाई र सात्विक परिकार बनाउने र साँझ लक्ष्मीपूजा गर्ने गरिन्छ। त्यसैले यस शुभ दिनमा भूलवश पनि कुनै पनि काम नगर्नुहोस्, जसले माता लक्ष्मीको अप्रसन्नता हुन सक्छ।

जान्नुहोस् लक्ष्मी पुजामा के गर्न हुँदैन ?

यी कुराहरूबाट टाढा रहनुहोस्: धेरै मानिसहरू दीपावलीको रातमा जुवा खेल्छन्। तर मौलिक रूपमा दीपावलीमा यी कामहरू गर्नु शुभ मानिएको छैन। यस दिन जुवा खेल्ने, मदिरा सेवन गर्ने लगायतका काम गर्दा देवी लक्ष्मी क्रोधित हुन्छिन् ।

यस्ता क्रियाकलाप हुने घरमा लक्ष्मीको वास कहिल्यै हुँदैन र आर्थिक संकट झेल्नु पर्ने हुन्छ । शास्त्रमा यो पनि भनिएको छ कि जुन घरमा मदिरा वा मादक पदार्थ सेवन गरिन्छ, त्यहाँ लक्ष्मीको बास हुँदैन ।

महिलाको अपमान नगर्नुहोस् : घरकी नारीलाई गृहलक्ष्मी भनिन्छ । नारीको हाँसो गुन्जिने घरमा लक्ष्मीको वास हुने विश्वास छ । बरु जुन घरमा श्रीमती वा महिलाको अपमान हुन्छ, त्यो घरमा आर्थिक उन्नति रोकिन्छ ।

घर अँध्यारो नराख्नुहोस् : दीपावली उज्यालोको पर्व हो । त्यसैले दीपावलीको दिन घरको कुनै पनि कुना अँध्यारो नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । दीपावलीको रातमा दीप प्रज्वलनका साथसाथै घरको हरेक कोठामा बत्ती बलिरहेको रहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?