मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शेख हसिनाले राजीनामा नदिएको खुलासा !

काठमाडौँ– बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो ।

हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शनका बीच गत अगस्तमा देश छोडेकी थिइन् । यसैबीच राष्ट्रपति शाह्बुद्दीनले हसिनाले राजीनामा दिएको सुनेको र धेरै प्रयास गर्दा पनि उनले राजीनामा दिएको कुनै कागजपत्र फेला पार्न नसकेको बताएका छन् । 

राष्ट्रपतिले दिएको एक अन्तर्वार्तामा यस्तो बताएपछि बंगलादेशको राजनीति तरंगित बनेको छ ।

राष्ट्रपतिले दिएको अन्तर्वार्ताका अनुसार गत अगस्त ५ मा हसिना भेट्न आउने फोन आएको थियो तर एक घन्टाभित्रै उनी आउन नसक्ने भन्दै अर्को फोन आयो । यसपछि उनले सैन्य महासचिव आदिलसँग सम्पर्क गरे तर उनलाई यस बारेमा कुनै जानकारी थिएन ।

राष्ट्रपतिले भनेका छन्, ‘जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी) लाई यसबारे हेर्न भनें । उनीसँग पनि कुनै जानकारी थिएन । हामीले पर्ख्यौं र टिभी स्क्रोल गरिरह्यौं । कुनै खबर थिएन । पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुने ।’

राष्ट्रपति शाहबुद्दीनले सेना प्रमुख जनरल वकार बंगभवनमा आएपछि प्रधानमन्त्रीले राजीनामा दिएको हो कि भनेर जान्न खोजेको बताए । उनले भने- ‘एक दिन क्याबिनेट सचिव राजीनामा पत्रको प्रतिलिपि लिन आए । मैले पनि खोजिरहेको छु भनेँ । उनले अहिले यस विषयमा बहस गर्नुको कुनै अर्थ नरहेको बताए । हसिना गइन् र यो सत्य हो ।’

राष्ट्रपतिले हसिना बाहिरिएपछि आफूले सर्वोच्च अदालतको राय लिएको र अदालतले अन्तरिम सरकार गठन गर्न सकिने बताएको बताए ।

यसैबीच कानुनी सल्लाहकार डा आसिफ नजरुलले राष्ट्रपतिको भनाइ आफैंमा विरोधाभासपूर्ण रहेको भन्दै हसिनाले राजीनामा दिएको बताएका छन् ।

हसिनाका कट्टर प्रतिद्वन्द्वी र पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधनमा बंगलादेशको प्रधानमन्त्रीबाट हसिनाको राजीनामाको बारेमा झूट बोलेको बताएको छ ।

बिएनपीका उपाध्यक्ष जैनुल आबेदिनले भने, ‘म भन्न चाहन्छु कि राष्ट्रपतिले सरकार गठन भएको दुई महिनापछि निश्चित एजेण्डा लिएर यस्तो अभिव्यक्ति दिएका हुन् । राष्ट्रपतिले झुट बोलेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?