सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ

सर्लाही – सर्लाहीस्थित एक घरमा लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा प्रहरीले छापामारी गरी बरामद गरेको छ ।

गाँजा बरामद संगै एकजना युवक लाई पक्राउ गरेका छन् ।सर्लाही व्रम्हपुर गाउँपालिका ५ सखुअवा गाउँका विद्यानन्द साहको छोरा २१ बर्षिय पंकज साहले घरमा लागुऔषध गाँजा लुएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर १० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजासंगै युवक पंकजसाह लाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन्।

गाँजा सहित पक्राउ परेका पंकज साह लाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थमाएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?