मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी

उदयपुर ‘गाईघाट’ – गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ । 

उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दित्तेल जोड्ने फोक्सिङटारस्थित सुनकोसीको पुल बाढीले भत्काएपछि यातायात अवरुद्ध हुँदा गाईघाट दिक्तेलका व्यापारिक कारोबार घट्न पुगेको हो । 

त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष रमेश विककाअनुसार गाईघाट दिक्तेल सगरमाथामार्ग नियमित सञ्चालन हुँदा खोटाङको दिक्तेलसँग नियमित गाईघाटबाट दैनिक पाँच लाखदेखि १५ लाखसम्मको वस्तु आपूर्ती हुने गरेको थियो । तर अहिले यातायात सेवा अवरुद्ध भएपछि गाईघाट दिक्तेलको व्यापारिक कारोबार झण्डै शून्य जस्तै बन्न पुगेको उनको भनाइ छ । 

हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटका सदस्य सुरेश श्रेष्ठका अनुसार सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले भत्काउन अघिसम्म गाईघाट दित्तेल सडक खण्डमा दैनिक चार वटा ठूला बस सञ्चालन हुने गरेको थियो । हाल गाईघाट दित्तेल सिधा यातायात सञ्चालन छैन । 

उक्त सङ्घअन्तर्गत गाईघाट दित्तेल सडक खण्डमा यातायात सञ्चालन हुँदा प्रतिदिन रु एक लाखसम्मको कारोबार हुने गरेको थियो । तर अहिले घाटा बढिरहेको सङ्घका पूर्वमहासचिव ओमभक्त मैनालीले बताए । 

गाईघाट दित्तेल सडक खण्ड अवरुद्ध भएपछि दित्तेल क्षेत्रका व्यापारीहरु सिद्धिचरणमार्गअन्तर्गत कटारी–घुर्मी–ओखलढु्गाको हर्कपुर–हलेसी हुँदै मालसामान लगिरहेको खोटाङ खोेटेहाङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?