मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिला साफमा श्रीलंकामाथि भुटानको सहज जित

काठमाडौँ – भुटानले साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकालाई पराजित गरेको छ । सोमबार अपराहन्न दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले श्रीलंकालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

भुटानका लागि डेकी लहाजोमले २ गोल गरेकी थिइन् भने नामग्याल डेमा र दोर्जी एडोनले एक एक गोल गरेकी थिइन् । त्यस्तै श्रीलंकाका लागि एक गोल थुशानी मदुशिकाले गरेकी थिइन् ।

यो जितपछि भुटानको समुह बी मा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै श्रीलंकाको २ खेलमा ३ अंक रहेको छ ।

अब भुटानले समुह चरणको अन्तिम खेलमा विहिबार माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंकाले सोहि दिन नेपालको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?