मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नविन न्यौपाने राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त

काठमाडौँ – नविन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नविन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

प्रशिक्षण टिमका तिनै जनालाई अन्तरिम रुपमा जिम्मेवारी दिइएको र उनीहरुले नेपाली राष्ट्रिय टिमको नोभेम्बरमा हुने ताजकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रशिक्षणको भूमिका निभाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?