मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरामा आजपनि रास्वपाको प्रदर्शन, यातायात प्रभावित

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन् ।

रास्वपाका कार्यकर्ताहरु पृथ्वी चोकमा केहीबेर नाराबाजी गरेपछि अब चिप्लेढुंगा, महेन्द्रपुल हुदै मानवअधिकार चोकतर्फ जादै छन् । आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहेको छ भने प्रदर्शनका कारण पोखराको यातायात भने प्रभावित भएको छ ।

यस अघि आइतबार रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो ।

प्रहरीले गत शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने आइतब जिल्ला अदालत कास्कीमा पेश गर्दै ६ दिनका लागि हिरासतमा राख्ने अनुमति पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?