मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् मेथी खानुका फाइदा 

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ ।

प्राचीन काल देखिनै यसको औषधीय गुणका कारण मसला तथा औषधीको रूपमा प्रयोग गरिँदै आएको छ ।

मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । 

यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फोरस एसिडजस्ता पौष्टिक तत्त्व पाइन्छ । मेथीको दानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छन् । 

यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न फाइदा पुर्‍याउने गर्दछ ।

यद्यपि मेथी धेरै रगत बगेको बेला (जस्तै; नाथ्री फुटेको, महिनावारी लगायत) प्रयोग गर्न नहुने विज्ञहरूले सुझाएका छन् ।

यसका फाइदाहरू :
– यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ । 
– मेथी मधुमेहलाई नियन्त्रणमा राख्न लाभदायक हुन्छ । यसले कोलेस्ट्रोल सन्तुलन गरेर रक्तचापलाई पनि नियन्त्रणमा राख्न मद्दत गर्छ ।
– मेथीले कपाल झर्ने तथा फुल्ने समस्यालाई कम गराउँछ । त्यस्तै युरिक एसिड हुने सम्भावनालाई पनि कम गराउँछ ।
– मेथी प्यारालाइसिस, कब्जियत, पेट दुखेको, ढाड दुखेको, घुँडाका जोर्नी दुखेको लगायतका समस्यामा लाभदायक हुन्छ ।
– मेथी खोकी, दम, ब्रोन्काटिस, मोटोपन नियन्त्रण जस्ता कुरामा पनि प्रभावकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?