मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको सामना मालदिभ्ससँग

काठमाडौँ – जारी साफ महिला च्याम्पियनसिप फुटबलमा  नेपालले आज मालदिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र मालदिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने  हुनेछ ।

समूह बी मा रहेका दुवै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने मालदिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

नेपालको एक अंक रहेको छ भने मालदिभ्स अंकविहीन रहेको छ । समूह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुँदै छ । यो खेल अपराह्न साढे १ बजेदेखि शुरु हुँदै छ ।

भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले मालदिभ्सलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?