मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अजयलाई छाडेर काजोलले ‘राज’सँगको फोटो सेयर गर्दै गरिन् डीडीएलजेको डेट तय

काठमाडौँ – आज फिल्मी करिडोरमा हरेक विवाहित बलिउडका नायिकाको घरमा कर्वा चौथको चहलपहल छ । कतिपय नवविवाहित बेहुलीले पहिलो पटक कर्वा चौथ मनाउँदै आएका छन्, भने कतिपयले यो पर्व वर्षौंदेखि हर्षोल्लासका साथ मनाउँदै आएका छन् । बलिउड अभिनेत्री काजोलले पनि पति अजय देवगनको दीर्घायुको कामना गर्दै निर्जला व्रत बसेकी छिन् ।

व्रत बसेसँगै काजोलले कर्वा चौथको अवसरमा सामाजिक सञ्जालमा फ्यानलाई शुभकामना पनि दिएकी छिन् । अचम्मको कुरा के छ भने करवा चौथमा अभिनेत्रीले आफ्नो पति बाहेक अरु कसैसँगको फोटो सेयर गरेकी छिन्, जो उनका सह-कलाकार शाहरुख खान हुन् । काजोलले शाहरुखसँगको लोकप्रिय थ्रोब्याक तस्बिर सेयर गर्दै फ्यानहरूलाई करवा चौथको शुभकामना दिएकी छिन् ।

आज २० अक्टोबरका दिन दिलवाले दुल्हनिया ले जायेंगेले २९ वर्ष पूरा गरेको छ । अब यो विशेष अवसरमा काजोलले एकैसाथ दुईवटा काम गरिन् । डीडीएलजेको पोस्ट संगै, उनले फ्यानहरुलाई करवा चौथको शुभकामना पनि दिएकी छन्। सेयर गरिएको तस्बिर फिल्मको पोस्टरबाट लिइएको हो । यस सुपरहिट फिल्ममा सिमरनको भूमिका काजोलले निभाएका थिए भने राजको भूमिका शाहरुख खानले निभाएका थिए ।

यो तस्विर शेयर गर्दै काजोलले डीडीएलजे हेर्न मराठा मन्दिर सिनेमा जान सक्ने संकेत गरेकी छिन् । उनले क्याप्शनमा लेखेका छन्, “कर्वा चौथको OG (मूल) २९ वर्ष पूरा भयो। सबैलाई धेरै खुसी र सफल कर्वा चौथको शुभकामना। सायद मराठा मन्दिरमा जानुहोस् र फिल्म हेर्नुहोस्। यसमा ० क्यालोरी छ।” काजोलको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आदित्य चोपडाद्वारा निर्देशित दिलवाले दुल्हनिया ले जायेंगे, सन् १९९५ को सुपरहिट फिल्म थियो, जसलाई रजत जयन्तीको उपाधि दिइएको थियो। फिल्ममा करण जोहरको पनि महत्वपूर्ण भूमिका थियो । यसका अलावा अमरीश पुरी, अनुपम खेर, फरिदा जलाल, मन्दिरा बेदी जस्ता कलाकारहरू मुख्य भूमिकामा थिए।

काजोल चाँडै ‘दो पट्टी’ मा प्रहरीको भूमिकामा देखिनेछिन् । यस फिल्ममा उनीसँगै कृति सेनन (डबल रोल) र शाहीर शेख पनि मुख्य भूमिकामा छन् । फिल्म ओटीटी प्लेटफर्म Netflix मा अक्टोबर २५ मा रिलीज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?