मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

काठमाडौँ – अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बनेका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै छिन् ।

उमेर पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । वृद्ध उमेरकै कारण निर्वाचन अभियानमा राष्ट्रपति जो बाइडेनले आफ्नो क्षमताप्रतिको चिन्ताले चुनावी दौड परित्याग गरे । त्यसपछि ह्यारिसले ह्वाइट हाउसका लागि ट्रम्पको मानसिक स्वस्थतामाथि लगातार निशाना साँधेकी छन् ।

मतदान हुने दिनभन्दा मात्र दुई साताअघि डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन अर्बपति कडा दौडमा छन् । सर्वेक्षणहरूले प्रभावकारी रूपमा दुवै जना बराबरीमा रहेको सङ्केत गरेका छन् ।

दुवै उम्मेदवार आइतबार फेरि पेन्सिल्भेनियामा हुनेछन् । पेन्सिल्भेनियालाई नोभेम्बर ५ को परिणाम निर्णय गर्ने अपेक्षा गरिएका सात प्रमुख राज्यमध्ये जित्नै पर्ने युद्धभूमि मानिन्छ ।

ट्रम्पविरुद्धको विनाशकारी बहसले डेमोक्रेटिक पार्टीमा आफ्नो मानसिक तीक्ष्णताबारे चिन्ता उठाएपछि बाइडेनले ह्यारिसलाई उम्मेद्वारी हस्तान्तरण गरे । तर सर्वेक्षणहरूले कडा प्रतिस्पर्धा हुने देखाएकाले ट्रम्पको उमेर मतदाताहरूका लागि सम्झौताको विषय नभएको देखिएको छ ।

“अहिले उहाँ थकानका कारण बहसहरूबाट भाग्दै हुनुहुन्छ र अन्तर्वार्ताहरू रद्द गर्दै हुनुहुन्छ”, ह्यारिसले शनिबार अटलान्टामा एक ¥यालीमा ट्रम्पको भद्दा र स्क्रिप्टबाहिरका भाषणहरूप्रति व्यङ्ग्य गर्दै भनिन्, “उहाँले यसलाई ‘बुनाइ’ भन्नुभएको छ, तर हामी यहाँ यसलाई बकवास भन्नेछौँ ।”

ह्यारिसले अक्टोबर १२ मा ट्रम्पको ‘उत्कष्ट स्वास्थ्य’ को वर्णन गरिएको रिपोर्टका साथ ट्रम्पलाई उक्साउने प्रयास गरेकी थिइन् । तर पूर्वराष्ट्रपतिको अभियानले उनी पनि ‘कमान्डर–इन–चिफ हुन पूर्ण र उत्कृष्ट स्वास्थ्यमा रहेको’ उल्लेख गरेको थियो ।

ह्वाइट हाउसका लागि दोस्रो कार्यकालको प्रतिस्पर्धा गरिरहेका ट्रम्पले शनिबार पेन्सिल्भेनियामा लामो भाषण दिएर ह्यारिसका आरोपहरूको जवाफ दिएका र्थि । एक दिनअघि उनले ह्यारिससँग ‘खरायोको जस्तो ऊर्जा छैन’ भनेका थिए ।

दुवै उम्मेदवारले आफ्ना प्रतिनिधिहरूसँगै आफ्ना अन्तिम अभियानका दिनहरू महत्त्वपूर्ण युद्धभूमि राज्यहरूमा बिताइरहेका छन् । जित्नैपर्ने राज्यमा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले व्यक्तिगत रूपमा पेन्सिल्भेनियामा अभियान चलाइरहेका छन् ।

दक्षिणपूर्वी शहर ह्यारिसबर्गमा उनले आफ्नो सङ्गठनको याचिकामा हस्ताक्षर गरेका राज्यका मतदाताहरूलाई नोभेम्बर ५ सम्म प्रत्येक दिन अनियमित रूपमा १० लाख डलर पुरस्कार वितरण सुरु गर्ने घोषणा गरे।ह्यारिसले पप स्टारहरू लिज्जो र अशरलाई मतदाताहरूसँग आफ्नो मामला प्रस्तुत गर्न प्रतिनिधिका रूपमा खटाएका छन् ।

लिज्जोले डेट्रोइट ¥यालीमा आफ्नै हिट गीतको सन्दर्भ दिएर ‘यो बारेमा धेरै समय भयो !’ गाउँदै अमेरिका आफ्नो पहिलो महिला राष्ट्रपतिका लागि पूर्ण रूपमा तयार छ भनेपछि तालीको गडगडाहट बटुलिन् ।

अटलान्टाका प्रमुख कलाकारहरूमध्ये एक अशरले त्यहाँका मतदाताहरूलाई भने, “ह्यारिसको अभियानलाई जर्जियामा अन्तिम रेखासम्म पु¥याउन म तपाईंहरूमाथि भर परिरहेको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?